काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले तीन जिल्लामा ६ हजारभन्दा बढी निजी घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार बाढीबाट निजी आवास क्षेत्रमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालयअन्तर्गतका विभागहरूले आयोजना गरेको पत्रकार भेटघाटमा क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो।

बाढीले निजी आवाससँगै ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा समेत क्षति पुर्‍याएको विभागले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा अध्ययन भइरहेको भन्दै विभागले प्रारम्भिक तथ्याङ्कमा थपघट हुन सक्ने स्पष्ट पारेको छ।

बाढीका कारण विस्थापित परिवारलाई तत्काल व्यवस्थापन गर्न ६ हजारभन्दा बढी अस्थायी आवास आवश्यक पर्ने विभागको अनुमान छ। त्यसका लागि मात्रै तत्काल करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने बताइएको छ।

बाढीबाट भएको समग्र क्षतिको विस्तृत मूल्याङ्कनसँगै प्रभावित परिवारको पुनर्स्थापना र आवास निर्माणका लागि थप योजना अघि बढाइने विभागले जनाएको छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com