काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित जलमापन केन्द्रमा विष्णुमती नदीको जलसतहले मंगलबार खतरा तह पार गरेको छ।

जलसतह निरन्तर बढेसँगै नदी आसपास तथा तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै सम्बन्धित निकायले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढीबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन तथा अनावश्यक रूपमा नदी किनारतर्फ नजान आग्रह गरिएको छ।

सम्बन्धित निकायले नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा सम्भावित जोखिमबाट जोगिन पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com