काठमाडौं । बाराको महागढीमाई नगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाका ६० जना जनप्रतिनिधिले एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम राहतका लागि योगदान गर्नेछन्। साथै, कर्मचारीको योगदान र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ थप गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिए।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com