काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज बिहान ८:०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेकाे छ ।

फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्।

यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। ९११ जनाको पहिचान अझै खुल्न सकेको छैन ।

बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ। प्रहरीको तथ्याङ्क अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।

यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com