काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएकाे छ।
मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियाे।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ८५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५ सय ८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार












प्रतिक्रिया