काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५, माबुस्थित भदौरे मेलामा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका कारण भदौ ११ गते राति कुटपिट गरिएको र त्यसै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

राई स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत थिए। घटनाबारे जानकारी पाएपछि प्रहरीले तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमाथि भोजपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com