काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकका शव पहिचान गर्न नेपाल प्रहरी अस्पतालले डीएनए प्रोफाइलिङ सुरु गरेको छ। बेपत्ता व्यक्तिका आफन्तबाट हालसम्म ५३९ वटा डीएनए नमुना संकलन गरिएको छ।
संकलित नमुना विधि विज्ञान प्रयोगशाला र नास्टमा परीक्षण गरी शवसँग मिलान गरेर पहिचान गरिने प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेका शवलाई छुट्टाछुट्टै कोड नम्बर दिई आवश्यक विवरणसमेत सुरक्षित राखिएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार










प्रतिक्रिया