काठमाडौं। प्रतिनिधि सभा बैठक चलिरहेका बेला सांसद भरत खड्का अचानक आफ्नै कुर्सीबाट ढलेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला खड्का एकाएक ढलेका हुन्।

अचानक अस्वस्थ भएर ढलेका खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रारम्भिक जानकारीअनुसार उनको रक्तचाप (ब्लड प्रेसर) उच्च भएपछि उनी संसद् बैठकमै ढलेका हुन्।

खड्का ढलेपछि बैठकस्थलमा केहीबेर अन्योलको अवस्था सिर्जना भएको थियो। उनलाई तत्काल प्राथमिक उपचारको व्यवस्था गर्दै थप उपचारका लागि अस्पताल पुर्‍याइएको हो।

अस्पतालमा चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरेका छन्। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com