काठमाडौं। राहदानी विभागले भदौ २२ र २३ गते पनि आफ्ना सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।
विभागले निर्धारित मितिमा सेवाग्राहीलाई नियमित रूपमा सेवा उपलब्ध हुने जानकारी गराएको हो।
सरकारले भदौ २२ गते बाढीमा परी ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेको छ। यस्तै, भदौ २३ गते ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
तर, यी दुवै दिन राहदानी विभागका सेवा भने नियमित रूपमा सञ्चालन हुने विभागले जनाएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया