काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएपछि बजारमा अन्डाको भाउ हालसम्मकै उच्च भएको छ।
नयाँ मूल्यअनुसार एक्सएल अन्डा प्रतिक्रेट ६०५, ठूलो ५९० र मिडियम ५५० रुपैयाँ पुगेको छ। उत्पादन लागत, दाना, औषधि र ढुवानी खर्च बढेकाले मूल्य वृद्धि गरिएको संघले जनाएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया