काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै करिब ५ हजार जना सम्पर्कविहीन छन्।

शनिबार मध्याह्न १२ बजेसम्मको विवरणअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३० र चितवनमा ३६० जनाको मृत्यु भएको छ। काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

भेटिएका शवमध्ये अहिलेसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझेका छन्। २६९ महिला, ४८९ पुरुष, ५२ बालिका र ३३ बालकको शव भेटिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, विपद्का क्रममा ५०१ वटा आंशिक मानव अवशेषसमेत फेला परेका छन्।

 

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com