काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर पीडामा रहेका नागरिकलाई अनावश्यक टिप्पणी गर्ने, हियाउने वा गिज्याउनेमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकको आक्रोश उनीहरूको गहिरो पीडा अभिव्यक्त गर्ने माध्यम भएको बताएका छन्। यस्तो अवस्थामा पीडितको आक्रोशलाई संयमतापूर्वक बुझ्न र सुन्नुपर्ने उनको भनाइ छ।
पीडामा रहेका मानिसलाई थप दुःख दिने उद्देश्यले टिप्पणी गर्ने तथा गिज्याउनेहरूलाई उनले ‘अपराधी’को संज्ञा दिँदै त्यस्ता व्यक्तिप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया