काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पाठकले राप्रपासँगको आफ्नो सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन्। उनले पार्टीलाई समयअनुकूल पुनर्संरचना गरी सुशासन र पारदर्शितामा प्रतिबद्ध बनाउनुपर्ने सहमति भए पनि त्यसअनुसार काम हुन नसकेको बताएका छन्।
पाठकले राप्रपाको सिद्धान्त र व्यवहारबीच गम्भीर विरोधाभास रहेको आरोप लगाएका छन्। पार्टीभित्र आन्तरिक बेमेल, गुटगत स्वार्थ र पारदर्शिताको अभाव बढ्दै गएको भन्दै उनले यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार युवालाई आकर्षित गर्न नसक्ने बताएका छन्।
पार्टीभित्र सुधारको सम्भावना नदेखिएपछि अलग हुने निर्णय गरेको उल्लेख गर्दै उनले यसमा आफ्ना पनि केही कमजोरी रहेको स्वीकार गरेका छन्।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार











प्रतिक्रिया