काठमाडौं ।  भोटेकोश  त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाजस्तै पोसाक लगाएर परिचालन भएको ‘ग्रिन आर्मी’ नामक गैरनाफामूलक संस्थाको दर्ता खारेज गरिएको छ।

वि.सं. २०७७ साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त संस्थाले नेपाली सेना र सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो हरियो प्यारामिलिटरी पोसाक, दर्ज्यानी चिह्न तथा ‘मार्शल’, ‘क्याडेट’ लगायतका दर्जा प्रयोग गर्दै आएको थियो। यसले सेनासँग समानान्तर गतिविधि गरेको देखिएको भन्दै संस्थाको वैधानिकतामाथि प्रश्न उठेको थियो।

रक्षा तथा गृह मन्त्रालयको सहमतिमा काठमाडौं प्रशासनले पोसाक प्रयोगको अनुमति दिएको पाइएको छ। तर दर्ता खारेजीसँगै संस्थाका सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लागेको उच्च सैनिक स्रोतले जनाएको छ।

संस्थाले विद्यालयका विद्यार्थीलाई वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम दिने उद्देश्य राखेको थियो। यसको प्रमुख सल्लाहकारका रूपमा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com