काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्। उनी महासभालाई सम्बोधन गरेर असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले महासभामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन्।

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने तयारी थियो। तर बाढीपछिको अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहकै नेतृत्वमा प्रतिनिधिमण्डल न्यूयोर्क जाने निर्णय भएको हो।

प्रधानमन्त्रीको भ्रमण टोली भने संक्षिप्त हुने जनाइएको छ। टोलीमा करिब १० जना सहभागी हुने बताइएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com