काठमाडौं। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाउन स्वास्थ्य बीमा बोर्डले सहभुक्तानी र सेवा सीमासम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ।
भदौ २२ गतेको निर्णयअनुसार यी तीन जिल्लाका बिमितले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको अवधिभर स्वास्थ्य बीमा सेवामा सहभुक्तानी र सेवा सीमाको बाध्यता बेहोर्नुपर्ने छैन।
स्वास्थ्य बीमा परिचयपत्र नभएका बिमितले पनि सेवा पाउने व्यवस्था गरिएको छ। परिचयपत्र नभएमा स्वास्थ्य संस्थाले प्रणालीमार्फत बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउन सक्ने बोर्डले जनाएको छ।
प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार











प्रतिक्रिया