काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शहीदले चाहे जस्तो सरकार बने पनि उनीहरूले चाहे जस्तो सुशासन अझै नआएको बताएका छन्।

जेनजी शहीद दिवसको अवसरमा शुभकामना दिँदै साम्पाङले यस्तो बताएका हुन‍्। उनले आज जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन र धेरै जना जेनजीले ज्यानको आहूति दिएको दिन भन्दै जेनजी शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

देशको माटो र स्वधीनता बचाउन गरिएको त्यो आन्दोलनको उद्देश्य र मर्म एक दिन अवश्यक पूरा हुनेछ भन्ने विश्वास दिलाउन चाहेको उनले बताए।

‘आज जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन। धेरै जना जेनजीले ज्यानको आहूति दिएको दिन। ती सम्पूर्ण महान जेनजी शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शहीदले चाहे जस्तो सरकार बनेको होला तर शहीदले चाहे जस्तो सुशासन अझै आएको छैन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देशको माटो र स्वधीनता बचाउन गरिएको त्यो आन्दोलनको उद्देश्य र मर्म एक दिन अवश्यक पूरा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com