काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रोकिएको गाउँ तथा नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ। यसअघि भदौ २४ गतेका लागि तय भएको अधिवेशन रसुवाको भोटेकोशी बाढी तथा पार्टीको आन्तरिक व्यवस्थापनका कारण स्थगित गरिएको थियो।

नयाँ कार्यतालिकाअनुसार देशभरका ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। असोज ७ गते स्थानीय तह, असोज १० गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछन् भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com