काठमाडौं । विवादमा परेको ग्रीन आर्मीको पोशाकमा रहेको ‘आर्मी’ डिजाइन स्पष्ट नदेखिने गरी नयाँ ढाँचा तयार गर्नेबारे छलफल भइरहेको छ। संस्थाको पहिचान कायम राख्दै विवादरहित र व्यवस्थित पोशाक बनाउने विषयमा सम्बन्धित पक्षबीच कुराकानी भइरहेको हो।
ग्रीन आर्मीका अध्यक्ष सविन शर्माका अनुसार पोशाकको स्वरूप र डिजाइनमा आवश्यक सुधार गर्ने विषयमा छलफल भइरहेको छ। संस्थाको नाम, स्वरूप र गतिविधिमाथि प्रश्न उठेपछि गृह मन्त्रालय र सीआईबीले आवश्यक कागजातसमेत माग गरेका छन्। यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयले ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन दिएको थियो।
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया