काठमाडौं । कास्कीको किम्रुङ खोलामा पहिरो खसेपछि खोला थुनिएको छ। खोला थुनिएसँगै नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सूचनाका आधारमा बाढी सूचना केन्द्रले मंगलबार साँझ सतर्कता अपनाउन आग्रह गरेको हो। पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तथा खोलाको किनारमा नजान र मोदी खोला आसपासका बासिन्दालाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया