काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३ सय ४ रुपैयाँ मौज्दात छ।

त्यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४ सय २७ अमेरिकी डलरसमेत मौज्दात रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा विपद् व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री राहत कोषबाट यसअघि नै १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिएको छ।

भोटेकोशी बाढीपछि सरकारले प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट व्यक्ति, संघसंस्था तथा विभिन्न निकायले आर्थिक सहयोग गरेका छन्।

यसरी संकलन भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। सरकारले उक्त रकम बाढी प्रभावित क्षेत्रको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनामा उपयोग गर्ने जनाएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com