काठमाडौं । बाढीका कारण अवरुद्ध भएको मनास्लु पदमार्ग स्थानीयवासीले अस्थायी वैकल्पिक संरचना निर्माण गरेपछि पुनः सञ्चालनमा आएको छ।
चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामा फड्के निर्माण गरी पदमार्गमा आवतजावत खुलाइएको हो। यसअघि बाढीले थेराङ खोलाको फलामे पुल र बूढीगण्डकीको बाढीले सुक्समस्थित झोलुङ्गे पुल बगाएपछि पदमार्ग अवरुद्ध भएको थियो।
स्थानीयले काठका मुढा तेस्र्याएर दुवैतर्फ बार लगाउँदै अस्थायी फड्के निर्माण गरेका छन्। सुराङ खोला पार गरेपछि स्याउबारी हुँदै नाम्रुङ पुग्ने वैकल्पिक बाटोसमेत तयार गरिएको छ।
बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् आयोजना र एउटा पुलमा क्षति पुर्याएको थियो। साथै, पहिरो खसेपछि मनास्लु पदमार्गमा आवतजावत पूर्णरूपमा प्रभावित बनेको थियो।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया