काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन् ।

उपसभामुख ठाकुरले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् ।

बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गर्न लागेको उपसभामुखको सचिवालयले जनाएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले समेत आफ्नो तलबबाट निश्चित रकम कट्टा गरी बाढीपीडितका लागि सहयोग गर्न संसद् सचिवालयलाई आग्रह गर्दै पत्र दिएका थिए ।

 

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com