काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले बिहीबार रसुवा बाढीबाट प्रभावित नुवाकोट क्षेत्रको अवलोकन गरेका छन्। उनले प्रभावित नागरिकसँग भेट गर्दै तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्रता दिन सरकारसँग आग्रह गरे।
देउवाले सडक तथा यातायातको पहुँच नहुँदा प्रभावितले थप समस्या भोगिरहेको बताए। कांग्रेस नेता प्रकाशशरण महतले पनि अस्थायी आवास, पुल, सडक तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया