काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नरहेको बताएका छन्।
‘फक्स न्युज’की प्रस्तोता लोरा इन्ग्रामसँगको अन्तर्वार्तामा ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा युद्धको असर परे पनि आफूले लिएको निर्णयप्रति पश्चात्ताप नभएको बताएका हुन्।
‘म पश्चात्ताप भन्ने शब्दमा विश्वास गर्दिनँ। तर तपाईं सधैँ आफैंलाई केही प्रश्न गर्न सक्नुहुन्छ,’ ट्रम्पले भने।
बिहीबार प्रसारित ‘द इन्ग्राम एंगल’ कार्यक्रममा उनले इरानविरुद्धको सैन्य कारबाही पुनः गर्नुपर्ने अवस्था आए पनि आफूले त्यही निर्णय दोहोर्याउने बताए।
युद्धका कारण आफ्ना केही समर्थक असन्तुष्ट र निराश बनेको भन्ने दाबीसमेत ट्रम्पले अस्वीकार गरेका छन्।
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया