काठमाडौं । गत भदौ १० गते चीनको तिब्बतस्थित ल्हेन्दे खोलाबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत रसुवागढी र टिमुरे क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेकोमा हालसम्म १०३ जनाको मात्र पहिचान खुल्न सकेको छ।
मृतकहरूको शव सनाखत गर्न ठूलो कठिनाइ भइरहेको अवस्थामा टिमुरे क्षेत्रमा भेटिएका ४ वटा शवको गोजीमा रहेका मोबाइल तथा सिमकार्डले पहिचान खुलाउन सहयोग गरेको छ। शवसँगै फेला परेका मोबाइलबाट सिमकार्ड निकालेर एक्टिभ गरी परिवारका सदस्यहरूसँग सम्पर्क गरेपछि उनीहरूको सनाखत भएको रसुवाका डीएसपी अशोक थापाले जानकारी दिए। मोबाइलको सहायताबाट भदौ २२ गते नै ती शवहरू आफन्तको जिम्मा लगाइएको छ।
पहिचान हुनेमा:
ठाकुर अधिकारी (४० वर्ष, नुवाकोट बेलकोटगढी नगरपालिका–५)
राम बहादुर भुजेल (४० वर्ष, नुवाकोट बेलकोटगढी नगरपालिका–५)
बिमल त्रिपाठी (३२ वर्ष, धादिङ बेनीघाट रोराङ गाउँपालिका–५)
फुर्पु धिन्डुक तामाङ (गोसाइँकुण्ड गाउँपालिका, रसुवा)
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया