काठमाडौं । रसुवागढी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ
।नेपाली सेना तथा अन्य सुरक्षा निकायसँग मिल्दोजुल्दो पोसाक, दर्जा र दर्ज्यानी चिह्न प्रयोग गरी नागरिकमा भ्रम सिर्जना गरेको आरोप लगाउँदै संस्थाको दर्ता खारेज गर्न र सैन्य शैलीका गतिविधिमा रोक लगाउन माग गरिएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले दायर गरेको रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ।
रिटमा ‘ग्रिन आर्मी नेपाल’ले आफ्ना सदस्यलाई सैनिक शैलीका पदनाम तथा पोसाक प्रयोग गराउँदै आएको दाबी गरिएको छ। साथै, गैरसरकारी संस्थाले सैन्य स्वरूप अपनाउन नपाउने गरी स्पष्ट कानुनी मापदण्ड बनाउन पनि सर्वोच्चसँग माग गरिएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया