काठमाडौ । काठमाडौं महानगरपालिकाले अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई २ लाख रुपैयाँसम्म निःशुल्क जलन उपचार उपलब्ध गराउने भएको छ। स्वास्थ्य शिक्षा समितिको सिफारिसमा महानगर क्षेत्रका लक्षित व्यक्तिले यो सुविधा पाउनेछन्।
यसका लागि महानगरले कीर्तिपुर अस्पतालसँग सम्झौता गर्दै २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरका अनुसार आर्थिक अभावका कारण जलन भएका बिरामी उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले जलन उपचार कोष स्थापना गरिएको हो।
प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया