काठमाडौं । विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन  परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुले संकलन गरेको ४० लाख ८० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।

उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गरे ।
यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत  उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १ सय थान टेन्ट तथा १ सय थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com