काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले एक करोड २५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले ६५ लाख तथा निजी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन्।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार बाँकेका ७७ निजी तथा आवासीय विद्यालयबाट संकलित रकममध्ये ५३ लाख ४१ हजार ४०६ तथा बाँकेका अस्पतालले ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरेका छन्।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २५ लाख, सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले २५ लाख, फत्तेबाल आँखा अस्पतालले पाँच लाख ११ हजार, एचसीआरसी अस्पतालले २ लाख ५० हजार, न्यूरो अस्पतालले एक लाख १६ हजार ५१३, सागर अस्पताल नेपालगञ्जले एक लाख एक हजार र लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले एक लाख सहयोग गरेका लाइफ लाइन जनरल अस्पतालका सञ्चालक डा. प्रतीक श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com