काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै एसीसी पुरुष प्रिमियर कप २०२६ को उपाधि जितेको छ। योसँगै नेपाल आगामी एसिया कपका लागि पनि छनोट भएको छ।
मलेसियाको कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो।
नेपालका लागि आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रनको शतकीय पारी खेले। अर्जुन कुमालले ४३, रोहित पौडेलले ४० तथा गुल्शन झाले ३८ बलमा ५२ रन बनाए।
३१४ रनको लक्ष्य पछ्याएको युएईलाई नेपाली बलरले दबाबमा राखे। युएईका राहुल चोपडाले शतक तथा सोहेब खानले ५२ रन बनाए पनि टोली लक्ष्यसम्म पुग्न सकेन।
नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिएपछि युएईमाथि नेपालले जित सुनिश्चित गरेको हो।
प्रिमियर कपको उपाधिसँगै नेपालले लगातार दोस्रो पटक एसिया कप खेल्ने अवसरसमेत पाएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार












प्रतिक्रिया