काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी पुरुष प्रिमियर कप २०२६ का उत्कृष्ट खेलाडी घोषित भएका छन्।

सन्दीपले प्रतियोगिताका ६ खेलमा सर्वाधिक १७ विकेट लिँदै नेपाललाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। उनले बहराइनविरुद्ध ५, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिए।

त्यस्तै, फाइनलमा युएईविरुद्ध शतकीय पारी खेलेका नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच घोषित भए। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाएका थिए।

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै नेपालले शनिबार युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै आगामी एसिया कपमा स्थान पक्का गरेको छ।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com