काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकार गरेका छन् । अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए ।

उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए । यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहले ‘बल्गर मधेश’ बनाउने भाषण गरेपनि ६ महिना भन्दा बढी भइसक्दा पनि संविधान संशोधनको कुरा विर्सेको अध्यक्ष यादवले सरकारको आलोचना गरे । उनले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनुपर्ने र संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com