काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृतकमा त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १६ वर्षीया प्रेमकला पुन रहेका छन्।

गम्भीर घाइते ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ। अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com