काठमाडौं । सिरहा प्रहरीले गोलबजार नगरपालिका–१२, बेतौनाबाट ९७ ग्राम ५३ मिलिग्राम ब्राउन सुगरसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय मुनेश्वर मण्डल, २६ वर्षीय वीरेन्द्रकुमार साह, २० वर्षीय अरविन्दकुमार सिंह र गोलबजार–६ का ३३ वर्षीय रितेश यादव रहेका छन्।

प्रहरीका अनुसार मण्डलको घरमा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो। उनीहरूको साथबाट २ हजार ५९५ रुपैयाँ नगद, पाँच थान मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com