काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल-चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुईदिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबीचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए। नेपाल-चीन सम्बन्धका लागि बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय वातावरण’, ‘पार्टी निर्माण र सुशासनका अनुभव आदानप्रदान’, ‘व्यावहारिक सहयोगः भूराजनीति, व्यापार र कनेक्टिभिटी’, ‘जलवायु उत्थानशीलता र सीमापार जोखिम घटाउने’, ‘नेपाल–चीन सांस्कृतिक तथा जनस्तरको सहयोग’ र ‘युवाको भूमिका: अर्को पुस्ताको मित्रता निर्माण’ बारेमा विचार आदानप्रदान भएको थियो।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com