काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ९९९ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा तीव्र गतिमा सवारी चलाउने १६६ जना सबैभन्दा धेरै कारबाहीमा परेका छन्। त्यस्तै, रातो बत्ती उल्लङ्घन गर्ने ९० र सिसिटिभीमार्फत पहिचान भएका ८९ जना चालकलाई कारबाही गरिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने ४८, हर्न निषेध उल्लङ्घन गर्ने ३४, सवारीको अवस्था ठीक नभएका ३१, लेन उल्लङ्घन गर्ने २३ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने २२ जना कारबाहीमा परेका छन्।
अन्य ट्राफिक नियम उल्लङ्घनतर्फ ४९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया