काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल हुँदा एक जना पक्राउ परेका छन्।

झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यसक्रममा उनका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले बताएका छन्।

प्रहरीसँग मुठभेड गर्ने एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ का तेजेन्द्र रायमाझी रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com