काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि प्रयोग हुने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार कोषको रकममध्ये ९ वटा वाणिज्य बैंकमा १० अर्ब ८ करोड ४३ लाख रुपैयाँ तथा २ वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा पूर्वाधार पुनर्निर्माण र नागरिकको पुनर्स्थापनाका लागि आवश्यक स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया