काठमाडौ । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्। सोमबार भएको सुनुवाइपछि न्यायाधीशत्रय वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित सबै सात प्रतिवादीलाई सफाइ दिएको हो।
अदालतको फैसलासँगै सिंहको मेयर पदमा लागेको निलम्बन फुकुवा हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले अरूकी छोरीलाई आफ्नै छोरीको विवरण राखी नागरिकता दिलाएको आरोपमा जेठ २५ गते मुद्दा दायर गरेको थियो। सोही मुद्दाका कारण उनी निलम्बित भएका थिए। अदालतले सिंहसँगै तत्कालीन वडा सचिव, कार्यवाहक वडा अध्यक्ष तथा जिल्ला प्रशासन र गृह मन्त्रालयका तत्कालीन कर्मचारीहरूलाई समेत सफाइ दिएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया