काठमाडौं । न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ ।

बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

त्यस्तै, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा सिफारिस गरिएको छ ।

बैठकले सर्वोच्च अदालतको रजिष्ट्रार पदका लागि बाबुराम दाहाल र ठकेन्द्र कट्टेलको नाम पनि सिफारिस गरेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com