काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयमा थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले बमलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले बमविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगोबराबर जरिवानाको मागदाबी गरेको छ। आयोगले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com