काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। पहिरोले सडक पुरिनुका साथै आसपासका खेतीबालीमा समेत क्षति पुगेको छ।
सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावत प्रभावित भएको छ। सडक खुलाउन सम्बन्धित निकायले पहल गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया