काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा भदौ ३१ गते बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। बैठकमा विपद्को सामना तथा व्यवस्थापनका लागि दलहरूबीच साझा राजनीतिक संयन्त्र निर्माणबारे छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया