काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–बेलायतबीच शिक्षा तथा खेलकुद क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप निरन्तरता दिने विषयमा छलफल भएको थियो। मन्त्री पोखरेलले शिक्षा ऐन निर्माण, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा मन्त्रालयले अघि बढाइरहेको कामबारे जानकारी गराएका थिए।

राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताउँदै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै, रसुवा–भोटेकोशी बाढीबाट प्रभावित विद्यालयका शिक्षकको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com