काठमाडाैं । स्थानीय बजारमा बुधबार (आज) सुनको मूल्य १ हजार ७०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ८५ रुपैयाँ बढेर चार हजार ६८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया