काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा खोजीका क्रममा दुई वटा शव फेला परेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सुरुङभित्र जारी खोजीका क्रममा बुधबार दुई वटा शव फेला परेका हुन्।
उनका अनुसार शव फेला परेको सुरुङको ‘ब्रेक थ्रु’समेत भइसकेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।
यसै क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा समेत खोजी गरिएको हो। फेला परेका शवको पहिचान तथा उद्धारसम्बन्धी थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया