काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भ्रमणक्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्यबारे छलफल हुने बताइएको छ ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदुताबास नयाँदिल्लीका उपनियोग प्रमुख डा.सुरेन्द्र थापा नेपालीलगायतका छन् ।

भ्रमण तालिकाः
बिहीबार
साँझ ५ बजेः भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।

शुक्रबार
बिहान ९ बजेः पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
साँझ ५ बजेः भारतीय विदेशमन्त्री डा. एस। जयशंकरसँग भेटवार्ता ।
साँझ ७ः३० बजेः भारत व्यापार संवद्र्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गरेको बृहत भेटघाट कार्यक्रममा सहभागी ।

शनिबार
बिहान ९ः३० बजेः भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।
बिहान ११ः३० बजेः दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
दिउँसो ४ बजेः स्वदेश फिर्ता ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com