काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको छनोट आज हुने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका ३१ जना र बम्पर उपहारतर्फका २ जना गरी ३३ विजेता छनोट गरिनेछ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।
भदौ महिनाका ३१ विजेताले जनही १ लाख रुपैयाँ पाउनेछन् भने बम्पर उपहारतर्फका २ विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्ने विभागले जनाएको छ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया