काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा ९ अर्ब ७२ करोड रुपैयाँ बढी भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक बजेटको ९.४१ प्रतिशत हो।

यस अवधिमा सरकारको कुल राजस्व संकलन भने १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ रहेको छ। राजस्व वार्षिक लक्ष्यको ११.५८ प्रतिशत हो।

कुल खर्चमध्ये चालुतर्फ १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख, पुँजीगततर्फ ७ अर्ब ६६ करोड ४८ लाख र वित्तीय व्यवस्थातर्फ ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ।

राजस्वतर्फ करबाट १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख र गैरकरबाट १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ। त्यस्तै, भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com